Comments Add Comment

अब बैंङ्कले कृषिमा १५ प्रतिशत लगानी गर्नैपर्ने

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्थालाई थप कडा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जामा थप कडाइ गर्दै गरेको हो।

लगानी गर्नुपर्ने कर्जाको हिस्सा पनि बढाएको छ । अब बैङ्कहरूले २०८० असार मशान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने भएको छ । यसअघि कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था थियो । १० प्रतिशत लगानी पनि अधिकांश बैङ्कहरूले पुर्‍याउन नसकेर राष्ट्र बैङ्कले कारबाही गर्दै आएको छ ।

यसलाई अब भने कडाइका साथ कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख छ । यसैगरी कृषि क्षेत्रमा गरिने लगानीको अगुवाइ कृषि विकास बैङ्कले गर्ने भएको छ । मौद्रिक नीतिमा कृषि विकास बैंकलाई कृषि क्षेत्रको अगुवा बैंकको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

कृषिय क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन यो बैंकले कृषि ऋणपत्र जारी गर्न सक्नेछ । कृषि विकास बैङ्क नेपाल सरकारको बहुमत सेयर भएको बैङ्क हो ।

मुलुकमा सञ्चालित २७ वाणिज्य बैङ्कहरूमध्ये कृषि विकास बैङ्कले कृषि क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्दै आएको छ।

यो पनि पढ्नुहोस कृषिमा बैंकको लगानी : १० प्रतिशतबाट बढाउने समय भएन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment