Comments Add Comment

कर्णालीमा थपिए सातजना कोरोना संक्रमित, पाँचजना डिस्चार्ज

२ साउन, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप सातजनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका पाँच, सल्यान र रुकुम पश्चिमका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कणार्ली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७३३ पुगेको छ ।

पाँच जना डिस्चार्ज

कर्णालीमा शुक्रबार पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ । मन्त्रालयका अनुसार २३४ जना आइसोलेसनमा छन । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment