Comments Add Comment

नेपाल डिजिटल टिभी अपरेटर एसोसिएशन अफ नेपालको गठन

तदर्थ समितको अध्यक्षमा डिसहोमका आचार्य

२ साउन, काठमाडौं । नेपाल डिजिटल टिभी अपरेटहरूले पहिलो पटक अपरेट एसोसिएसन अफ नेपाल गठन गरेका छन्। डिजिटल टिभी. अपरेटर तथा उपभोक्ताहरुको हकहितको संरक्षणको उदेश्यएले डिजिटल टिभी अपरेटरहरुको भेलाले तदर्थ समिति गठन गरेका हुन्।

तदर्थ समितिको अध्यक्षमा डिसहोमका सुदीप आचार्य र सदस्यहरूमा दिनेश सुवेदी (म्याक्स टिभी), प्रकाश घिमिरे (मेरो टिभी), विनय बोहोरा (भायो टिभी), विनोद तिमलसिना (ब्रोड टिभी), निरन राज भण्डारी (नेट टिभी), रविन सुवेदी (प्रभु टि.भी) र अमित थापा (क्लियर टिभी) रहेका छन्।

भारतीय विभिन्न न्युज च्यानलहरुले प्रधानमन्त्रीका सम्बन्धमा विभिन्न भ्रामक तथा घृणित कपोकल्पित र नेपाली जनताको आस्थामाथि नै प्रहार गर्नेजस्ता समचार सम्प्रेषण गरेकोले केही भारतीय न्यूज च्यानलहरुलाई अर्को सूचना नआउँदसम्मको लागि बन्द गरिएको समेत अपरेटरहरूले जनाएका छन् । आजतक, एविपि न्यूज, जि न्यूज च्यानल र इन्डिया टि.भी बन्द गरिएका हुन् ।

डिजिटल टिभी. अपरेटर तथा उपभोक्ताको हक हितलाई मध्यनजर गर्दै आगामी तीन महिनाभित्र लागू हुन गहिरहेको क्लिन फिल्डलाई मन्त्रालयसँग समन्वय गरी नीतिनियम निर्माण गरी लागू गर्ने समेत अपरेटरले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment