Comments Add Comment

कट्टु सानो सिलाइदिएको भन्दै पुलिसमा उजुरी

काठमाडौं । पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु ग्राहकहरुले गर्ने गर्दछन् । तर कट्टु सानो सिलाइदिएको भन्दै सूचिकारविरुद्ध पुलिसमा उजुरी दिएको चाहिँ अहिलेसम्म सुनिएको थिएन । छिमेकी मुलुक भारतमा हालै एकजना व्यक्तिले आफ्नो कट्टु आवश्यकताभन्दा सानो सिलाइदिएको भन्दै कट्टु सिलाउने व्यक्तिविरुद्ध उजुरी दिएसँगै अब सुन्न बाँकी केही रहेन ।

भारतको भोपालस्थित हबिबगञ्जको घटना हो यो । कृष्ण कुमार दुबे नामका ती व्यक्तिले एकजना छिमेकी सूचिकारलाई दुई मिटर कपडा दिँदै आफ्नो लागि कट्टु सिलाइदिन लगाए । सूचिकारले कृष्णकुमारका लागि कट्टु त सिलाइदिए तर कट्टुको साइज कृष्णलाई सानो भयो । कट्टु सानो भएको भन्दै त्यसको धागो उधारेर केही खुकुलो बनाइदिन उनले सूचिकारसँग आग्रह गरे । तर सूचिकारले उनको आग्रह अस्विकार गरे ।

दुई मिटर कपडा दिँदासमेत आफूलाई अट्ने कट्टु नसिलाइदिएको झोँकमा कृष्णले ती सूचिकारविरुद्ध प्रहरीमा उजुरी हाले । प्रहरीमा दिएको लिखित उजुरीमा उनले सूचिकारविरुद्ध कानूनी कारवाही गर्न माग गरेका छन् ।

त्यो अनौठो उजुरी देखेर पुलिस पनि छक्क पर्यो । एकछिनको विचार विमर्शपछि पुलिसले त्यस्तो उजुरी दर्ता गर्न नसकिने भन्दै सूचिकारबाट क्षतिपूर्ति चाहिएमा अदालतमा मुद्दा हाल्नका लागि कृष्णकुमारलाई सल्लाह दिएको बताइएको छ । प्रहरीको त्यस्तो सल्लाहपछि ती व्यक्ति सूचिकारविरुद्ध अदालतमा गए वा गएनन् भन्नेचाहिँ खुलेको छैन ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment