Comments Add Comment

मिलानको फराकिलो जित

४ साउन, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत शनिवार राती भएको खेलमा एसी मिलानले फराकिलो जित हात पारेको छ । मिलानले बोलोग्नालाई ५-१ ले पराजित गरेको हो । जितपछि मिलान छैटौं स्थानमा उक्लेको छ ।

मिलानको लागि पाँच फरक खेलाडीले गोल गरेका थिए । घरेलु मैदानमा लेक्सिस एलेमाएकर्सले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । २४औं मिनेटमा हाकन चाल्हनोगुलुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा बोलोग्नाका लागि काकेहिरो टोमिएसुले गोल गर्दै खेलमा फर्काउने प्रयसा गरेका थिए । तर दोस्रो हाफमा मिलानले तीन गोल थप्यो ।

४९औं मिनेटमा इस्माएल बेनाकरले गोल गर्दै मिलानको अग्रता ३-१ बनाए । मिलानका लागि ५७औं मिनेटमा एन्टे रेबिकले चौथो गोल गरे भने अन्तिम समयमा डेभिड कालाब्रियले पाँचौ गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment