Comments Add Comment

रेलिगेसनमा परिसकेको नर्विचलाई हराउँदै बर्नली नवौं स्थानमा

४ साउन, काठमाडौं । प्रिमियर लिगअन्तर्गत शनिवार राति भएको एक मात्र खेलमा बर्नलीले नर्विच सिटीलाई २-० ले पराजित गरेको छ । जितपछि बर्नली नवौं स्थानमा उक्लेको छ ।

खेलको पहिलो हाफमा नर्विच सिटीका दुई खेलाडी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसको फाइदामा बर्नलीले दुई गोल गर्‍यो। त्यसमा पनि एक गोल नर्विचका खेलाडीले नै गरेका थिए ।

नर्विचका इमिलिएनो बुएन्डियाले बर्नलीका एस्ले वेस्टउडलाई फाउल गरेपछि ३५ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए । त्यस्तै नर्विचकै जोसेफ ड्रिमिकले खराब ट्याकल गरेपछि पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिए ।

९ खेलाडीमा झरेको नर्विचविरुद्ध बर्नलीले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्‍यो । बर्नलीका क्रिस उडले ओभरहेड किकमार्फत गोल गर्दै अग्रता दिलाए ।

८०औं मिनेटमा नर्विचका बिन गोडफ्रेले आत्मघाती गोल गरेपछि बर्नलीले २-० को जित हात पारेको हो ।

जितपछि ३७ खेलबाट ५४ अंक जोड्दै बर्नली नवौं स्थानमा उक्लिएको छ र माथिल्लो स्थानमा रहेका टिमलाई दबाव दिएको छ । रेलिगेसनमा परिसकेको नर्विचको समान खेलबाट २१ अंक छ र अंक तालिकामा पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment