Comments Add Comment

धेरै नेपाली भएको देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय

४ साउन, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुमा हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

उनले भने, ‘जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेको छ ती मुलुकहरुबाट श्रमिक ल्याउनलाई हवाई उडानको प्राथमिकीरण गर्ने भन्ने भएको छ ।’

साउन ७ पछि लकडाउनको मोडालिटी परिमार्जन गर्न सम्बन्धित मन्त्रालयबाट मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरी छलफल गर्ने निर्णय भएको छ । उनले भने, ‘संक्रमणको संख्यामा हाल केही कमी हुँदै गएको र निसंक्रमणको संख्याहरु बढ्दै गएको हुनाले यसलाई नियन्त्रित रुपमा राख्न पर्ने विश्लेषण भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment