Comments Add Comment

खुमलटारमा पूर्वमाओवादीको भेला : स्थायी कमिटीलाई नियमित एजेण्डामा फर्काउन सुझाव

५ साउन, वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीसम्वद्ध स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् ।

आफू निकटका नेताहरुलाई सोमबार विहान आफ्नै निवास खुमलाटारमा बोलाएर प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै सुझाव मागेका थिए । ‘यसरी पूर्वमाओवादी भनेर बस्न त नहुने हो, तर अहिलेको परिस्थिति अलि जटिल भएकाले राय सल्लाह लिन बोलाएको हुँ भन्नुभयो’ एक नेताले भने ।

मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव, सचिवालय र शीतल निवासमा भएको छलफलबारे नेताहरुलाई ब्रिफिङ गरेका थिए । आफूले महाधिवेशन गर्ने प्रस्तावमा सोचविचार गर्न सकिन्छ भनेको भन्दै उनले ‘वैचारिक विषय टुंगिएको छैन । छोटो समयमा भ्याइन्न कि जस्तो लागेको छ । तै पनि साथीहरुसँग छलफल गर्न सकिन्छ भनेको हुँ ।’

तर बाहिर ‘पदका लागि झगडा थियो, पद मिलेपछि सहमति भयो’ भने जसरी प्रचार भएको उनको गुनासो थियो । अब वैचारिक र जनतासँग जोडिएको मुद्दामा बढी केन्द्रित हुनुपर्नेमा जोड दिएको एक स्थायी कमिटी सदस्यले बताए ।

बैठकमा नेताहरुले पनि अहिले ‘फाइट टु फिनिस’ भनेर जाँदा पार्टी नै फुट्न सक्ने र पदकै लागि पार्टी फुटाएको आरोप लाग्नसक्ने भन्दै स्थायी कमिटी बैठकलाई नियमित एजेण्डामा फर्काएर सेफल्याण्डिङ गर्न सुझाव दिएका छन् ।

त्यसका लागि पहिलो अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पहल लिनुपर्ने नेताहरुको धारणा थियो ।

जवाफमा प्रचण्डले पनि ओलीसँग एकता, संघर्ष र एकताकै आधारमा अगाडि बढ्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment