Comments Add Comment

हनुमन्तेको बाढीले भक्तपुरका तीन दर्जन घर डुबानमा

५ असार, काठमाडौं । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ ।

बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिए ।

वडाध्यक्ष गोराका हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । घरमा बाढी पस्दा जमिनको सतह भन्दा करिब चारफिट माथि पानी आइसकेको गोराले अनलाइनखबरलाई जानकारी दिए ।

राममन्दिर बाराहीस्थानदेखि डाक्टर इवामुरा मेमोरियल अस्पताल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले बताए ।

वडा १ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ । बाढीले धानबाली नष्ट गरे पनि आफ्नो वडाको बस्तीमा बाढी नपसेको उनले बताए । ‘अहिल दुई तीन घरमा पानी पसेको छ,’ वडाध्यक्ष खत्रीले भने, ‘सृजनानगर बाढीको जोखिम क्षेत्र हो ।’

हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment