Comments Add Comment

यसवर्षको बालोन डी’ओर अवार्ड स्थगित

५ साउन, काठमाडौं । विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड यसवर्ष स्थगित गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यसवर्ष प्रदान गरिने अवार्ड स्थगित गर्ने निर्णय गरिएको फ्रान्स फुटबल म्यागेजिनले जनाएको छ ।

म्यागेजिनले प्रत्येक वर्ष उत्कृष्ट एकजना फुटबल खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment