Comments Add Comment

प्रहरीलाई ८ वटा उच्च प्रविधिको ‘लिडार स्पिड गन’ हस्तान्तरण

५ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई ८ थान लिडार स्पिड गन सहयोग गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक इन्जिनियर गोगनबहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरको सामग्री प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई सोमबार हस्तान्तरण गरेका हुन् ।

लिडार स्पिड गन ग्रहण गर्दै आईजीपी थापाले यसले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे ।

लिडार स्पिड गन यसअघि ट्राफिक प्रहरीले प्रयोग गर्दै आएको राडार गन जस्तै पछिल्लो समय भित्रिएको उच्च प्रविधिको यन्त्र हो । यसले एक हजार २०० मिटर टाढाबाटै सवारीसाधनको गति पत्ता लगाउन सक्छ । प्रतिघण्टा ३०० किलोमिटर गतिसम्म यो यन्त्रले पत्ता लगाउन सक्छ ।

हाल तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, सिसिटिभी जस्ता प्रविधि अपनाइरहेको सन्दर्भमा यो उच्च प्रविधिको गनले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई अझ सघाउ पुग्ने आईजी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment