Comments Add Comment

पूजाको नयाँ तीज गीत – के मा चित्त दुख्यो मयालै

गायिका पूजा क्षेत्रीले यस बर्षको तीजलाई लक्षित गरी ‘के मा चित्त दुख्यो मयालै’ लिएर आएकी छिन् ।

शिव हमालको लय तथा शब्दमा गायक राजु परियार र गायिका पूजाले आवाज दिएका छन् । यो गीत एक्सिस् मिडिया इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको छ ।

गीतको भिडियोमा मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको नृत्य रहेको छ । भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने प्रबिन भट्टको सम्पादन रहेको छ ।

सुर्खेतमा जन्मिएकी पूजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । उनले १६ भन्दा बढी एल्बममा २४ भन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment