Comments Add Comment

कहिलेदेखि खुल्छ चलचित्र क्षेत्र ?

नेपाल सरकारले एकपछि अर्को क्षेत्र धमाधम खोल्ने निर्णय गरिरहेको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय हवाई उडान समेत भदौ १ गतेबाट खोल्ने निर्णय सरकारले गरेको छ । साउनको पहिलो साता नै सरकारले यो निर्णय गरिदिदा हवाई उडानको तयारीका लागि सम्बन्धित निकायले प्रशस्त समय पनि पाएको छ ।

अब, शैक्षिक संस्था र चलचित्र भवनहरु मात्र खुल्न बाँकी छ । यी दुई क्षेत्रको बिषयमा सरकारले कुनै निर्णय गरेको छैन ।

चलचित्र क्षेत्र सरकारले आज निर्णय गरेपछि भोलीदेखि चलायमान हुँदैन । यसका लागि पनि पूर्व तयारी गर्नुपर्छ । सरकारले चलचित्र छायांकनदेखि रिलिजको लागि समय तोकिदिने हो भने चलचित्रकर्मीले यसको पूर्व तयारी गर्न पाउने थिए । तर, यस बिषयमा सरकारले अझै निर्णय गरेको छैन ।

चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदिपकुमार उदयले चलचित्र क्षेत्र कहिलेदेखि खुल्छ भनेर प्रश्न गरेका छन् । आज निर्णय गरेर भोलीबाट चलायमान हुने क्षेत्र चलचित्र क्षेत्र नभएकाले निर्णय गरिदिन उनले सरकारसँग आग्रह गरेका छन् ।

सरकारले छायांकनका लागि अनुमती दिएको खण्डमा काम सुरु गर्न करिब एक दर्जन चलचित्रका निर्माता तयार छन् । तर, सरकारले अनुमती दिएपछि उनीहरुलाई टिम, लोकेशन व्यवस्थापनका लागि समय चाहिन्छ । यस्तै, हल खोल्न अनुमति दिएपछि कसरी खोल्ने, सावधानीका लागि के कस्ता उपाय अपनाउने लगायतको निर्णय गर्नुपर्छ । साथै, कुन चलचित्र रिलिज गर्ने भन्ने निर्णय पनि सरोकारवाला निकायले गर्नुपर्ने हुन्छ । यसैले, सरकारले अब चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि ठोस निर्णय आवश्यक रहेको चलचित्रकर्मीको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment