Comments Add Comment

कम्पनी बन्द सहज बनाउन उद्योगी व्यवसायीको माग

६ साउन, वीरगञ्ज । पर्सा बाराका उद्योगी व्यवसायीले उद्योग व्यवसाय बन्द गर्न सहज बनाउन माग गरेका छन् । सञ्चालनमा आउन नसक्ने कम्पनी तथा फर्म बन्द गर्न चाहेमा बक्यौता ब्याज मिनाहा गरिदिनुपर्ने माग उनीहरुको छ ।

त्यस्तै उधारो संकलनसम्बन्धी कानूनी व्यवस्था हुनुपर्ने, बैंकले उठाउने निक्षेप र लगानी गर्ने कर्जा बीचको भारित स्प्रेड दर ३ प्रतिशतभन्दा बढी हुन नहुने माग उनीहरुले राखेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बारा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद साह जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जय साहले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो माग राखेका हुन् ।

संयुक्त विज्ञप्तिमा नेपाल राष्ट्र बैंकबाट घोषित स्प्रेड दरको सिमा कडाइका साथ लागु हुनुपर्ने निजी क्षेत्रको अपेक्षा मौद्रिक नीतिमा जसमेटिएको असन्तुष्टि जनाइएको छ । तर नेपाल राष्ट्र बैंकले कुनै माध्यमबाट सम्बोधन गर्ने अपेक्षा उनीहरुले राखेका छन् ।

कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणका लागि ०७६ चैत ११ गतेदेखि लकडाउन आह्वान गरिएपछि झण्डै ३ महिना उद्योग, कलकारखाना व्यापार ठप्प बन्यो । तर आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले उद्योग तथा व्यवसायको क्षेत्रलाई राहत पुग्ने भएकोले एउटा नयाँ उत्साह तथा थप आशाको सञ्चार भने गराएको उनीहरुको धारणा छ ।

अर्थतन्त्रलाई गतिशील र जीवन्त तुल्याउन मौद्रिक नीति मार्फत गरिएका व्यवस्थाहरु आर्थिक जगतको मनोबल उच्च पार्न सहयोगी सिद्ध हुने, पूनर्कर्जासम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पु¥याउने, सीसीडी रेसियो वृद्धिले तरलता बृद्धि गर्न मद्दत गर्ने उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment