Comments Add Comment

पहिले नायक–नायिका खोज्नुपर्थ्यो, अहिले जताततै भेटिन्छन् : शोभित बस्नेत

निर्देशक शोभित बस्नेतले केही कलाकारलाई छाड्ने हो भने अधिकांश कलाकार आफ्नो कामप्रति गम्भिर नभएको बताएका छन् । अहिले च्याउ उम्रिए जसरी कलाकार यो क्षेत्रमा प्रवेश गरेकाले पनि चलचित्र क्षेत्र लथालिङ्ग भएको बताए ।

शोभितले भने–‘पहिले पहिले कलाकार कहाँ छन् भनेर दर्शकले खोज्दा पनि भेट्दैनथ्य । तर, अहिले दरबारमार्गको ५ वटा रेष्टुरेन्टमा पुग्ने हो भने १० जना कलाकार भेटिन्छन् । सबैजना फेरि चलचित्रको बिषयमा भन्दा टिकटकको बिषयमा गफ गरिरहेका हुन्छन् ।’ शोभितले कलाकारसँग आक्रोश व्यक्त गर्दै भने–‘पहिले–पहिले दर्शकले कलाकारसँग फोटो खिच्न पाउँदा खुशी हुन्थे । अहिले कलाकारले नै दर्शकलाई बोलाई–बोलाई तस्वीर खिचेर फोटो अपलोड गर्छन् ।’

चलचित्रको छायांकन सेटमा पनि कलाकार गम्भिर नभएको शोभितको भनाई छ । शोभित भन्छन्–‘पहिले पहिले कलाकार सेटमा पुगेपछि आफ्नो काममा गम्भिर हुन्थ्य । अहिले, कलाकार सेटमा पुगेपछि टिकटक र फेसबुकको लाइकमा व्यस्त हुन्छन् । यस्ता कलाकारले के काम गर्छन् खै ?’

उनले डिजिटल प्रविधीको विकास भएपछि चलचित्र क्षेत्र लथालिङ्ग भएको बताए । पहिले पहिले चलचित्रको सेटमा, रेकडिङ स्टूडियोमा पुग्दा निर्माता–निर्देशक जस्तो लाग्थ्यो भन्दै अहिले चोक–चोकमा ४०–५० जना निर्देशक भेटिने बताए ।

शोभितले अगाडि भने–‘अहिले ५–६ करोड चलचित्रले कमायो भनेर खुबै प्रचार हुन्छ । तर, कुनै पनि निर्माताले किन दोहोर्याएर सोही निर्देशकसँग काम गरेका छैनन् । १ करोडको लगानीमा ५ करोड नाफा कमाउँदा पनि दोहोर्याएर चलचित्र नबनाउने कुन निर्माता होला ?’

उनले, अहिले पुराना चलचित्रकर्मीलाई इज्जत नगर्ने शैलीको विकास भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment