Comments Add Comment

नेपाल यात्राको क्रममा ‘चिनी कम रंग कडा’को कथा फुर्योः विवेक घिमिरे

विगत १८ बर्षदेखि अमेरिकामा बस्दै आएका विवेक घिमिरेले यूएसको नेवीमा ८ बर्ष काम गरे भने यसबाट बाहिरिएपछि २–४ वटा आइटीमा पनि काम गरे । तर, यी कामहरु उनका लागि आज चलचित्र निर्देशन गर्न सहयोगी बनेका छन् ।

अमेरिकामा बस्दै आएका विवेकले जब अर्का निर्देशक गणेशदेव पाण्डेलाई भेटे, यसपछि भने कथाको सुरुवात भयो । नेपाल घुमी रहेको समयमा पाण्डेको दिमागमा आएको एउटा कथाले नै ‘चिनी कम रंग कडा’लाई जन्म दियो । विवेकका अनुसार, पाटनको आसपासमा घुम्दै गर्दा, त्यहाँको रहनसहन नियाल्दै जाँदा कथा र पात्रहरु त्यही नै फेला परेका हुन् । विवेकले गणेशलाई निर्देशन आफूले गर्ने बताएपछि यसमा पाण्डे सहमत भएका थिए ।

चलचित्रको निर्माण सन् २०१७ मै भएको हो । तर, केही व्यक्तिगत र केही व्यवसायीक कारणले चलचित्र रिलिज हुन सकेन । जुन महिनातिर चलचित्र रिलिज गर्ने योजना बनाउँदा कोरोना महामारीले समस्या पार्यो ।

यसपछि, विवेकले अमेरिकाको अमेजन प्राइमबाट यो चलचित्र रिलिज गरे । अमेजनबाट चलचित्र रिलिज गर्दा देश चिनाउने मौका पाएको विवेक बताउँछन् ।

यो चलचित्र अमेजन प्राइमबाट रिलिज भएपछि दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको विवेक बताउँछन् । दर्शकले चलचित्र अन्तिमसम्म हेरेको र आफ्नो कामको तारिफ हुँदा मज्जा लागेको विवेकले बताए ।
विवेक चलचित्र बनाउन सजिलो भएपनि आफूले सोचेजस्तो चलचित्र बनाउँदा भने गाह्रो हुने अनुभव सुनाउँछन् । उनले, चलचित्र निर्देशनको सुरुवात गरेको भन्दै हरेश नखाने बताए ।

यो चलचित्र रिलिज भएपछि नयाँ चलचित्रको बिषयमा सोचेको र चाडै नै घोषणा गर्ने विवेकले जानकारी दिए ।

कलाकारको अनुभव झनै रोचक
यो चलचित्रमा नायक सुशिल सिटौला र कलाकार अनु थापाको मुख्य भूमिका छ । नेपालको पहिलो नेशनल एक्टिङ कम्पिटिशनकी विजेता अनुले सिन्धुपाल्चोकबाट काठमाण्डौ आएर चिया बेच्ने एक यूवतीको कथा चलचित्रमा निर्वाह गरेकी छिन् ।

अनुले, यो चलचित्रको वर्कशपको क्रममा निकै मिहिनेत र नयाँ अनुभव गरेकी छिन् । काठमाण्डौका क्याफेमा चिया खाएर हुर्किएकी अनुले चलचित्रका लागि भने पाटनमा चिया बेचेकी छिन् । थर्मसमा चिया राखेर बेच्दा अनुले नयाँ अनुभव हासिल गरिन् । आफूले दुःख गरेको दिन संझदै अनुले दर्शकको प्रतिक्रियाबाट उत्साहित भएको बताइन् ।

नायक सुशिल सिटौलाले पनि चलचित्रको पर्दामा विभिन्न खालका भूमिका निर्वाह गरेका छन् । तर, आफूले खोजे जस्तो भूमिका भने ‘चिनी कम रंग कडा’मा निर्वाह गरेको सुशिलको भनाई छ ।

गणेशदेव पाण्डेको लेखन र निर्माण रहेको यो चलचित्र अहिले अमेजन प्राइम भिडियो मार्फत अमेरिका र बेलायतमा प्रदर्शन भैरहेको छ । नेपाली दर्शकमाझ पनि चाडै चलचित्र प्रदर्शन गर्ने योजनामा यसको निर्माणपक्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment