Comments Add Comment

‘डब्ल्यूएचओले अहिलेसम्मकै खराब वैश्विक संकटको सामना गरिरहेको छ’

१२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले संगठनले अहिलेसम्मकै सबैभन्दा खराब वैश्विक स्वास्थ्य संकटको सामना गरिरहेको बताएका छन् ।

सोमबार जेनेभामा भएको भर्चुअल न्युज बि्रफिङमा उनले यस्तो बताएका हुन् । अहिले विश्वभर कोरोना भाइरसको कारण एक करोड ६० लाखभन्दा धेरै मानिसहरु संक्रमित भइसकेको अवस्थामा गेब्रेयेससले यस्तो बताएका हुन् ।

गेब्रेयेससले भिडभाड भएको क्षेत्रमा जाँदा मास्क लगाउने र अन्य सावधानीका उपाय कडाइको साथमा पालना गर्ने हो भने कोरोना भाइरसको महामारीबाट बच्न सकिने बताएका छन् ।

महामारी नियन्त्रणमा सफल रहेका क्यानडा, चीन, जर्मनी र दक्षिण कोरियाजस्ता मुलुकको तारिफ गर्दै गेब्रेयेससले भने, ‘जहाँ पनि यी सावधानीका उपायको पालना भयो, कोरोना संक्रमण पनि कम भयो । यी सावधानी पालना नगरिएको क्षेत्रमा कोरोना संक्रमण बढेको छ ।’

विश्वका धेरै क्षेत्रमा शुरुमा कोरोना नियन्त्रणको लागि सफल भएको मानिए पनि पुनः कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण साढे ६ लाख मानिसको मृत्यु भइसकेको छ ।

स्रोत :बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment