Comments Add Comment

गण्डकी प्रदेशमा थपिए १९ जना कोरोना संक्रमित

१८ साउन, काठमाडौं । गण्डकी प्रदेशमा आइतबार फेरि १९ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजनामा संक्रमण देखिएको हो । थपिएका मध्ये  नवलपरासी, गोरखा र तनहुँका यसअघि छुटेका हुन् ।

आइतबार बिहानमात्रै गण्डकीमा २० जना संक्रमित थपिएका थिए । यससँगै गण्डकीमा आइतबारमात्रै ३९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितको जम्मा संख्या १५२४ पुगेको छ ।

हालसम्म प्रदेशमा १३०४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment