Comments Add Comment

सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई पक्राउ पूर्जी, संगठित अपराधमा म्याद थप

१८ साउन, काठमाडौं । प्रहरीले १५ किलो पहेँलो धातु सम्बन्धी प्रकरणमा मुछिएका दुई जना प्रहरी जवानलाई पनि पक्राउ गरेको छ । साथै, उनीहरुलाई संगठित अपराध एवं हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आइतबार म्याद थप गरेको छ ।

प्रहरी जवान बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठलाई तस्कर समूहसँग साँठगाँठ गरेको अभियोग लागेको थियो । लगत्तै उनीहरुलाई आन्तरिक रुपमा नियन्त्रणमा लिएर सोधपुछ थालिए पनि आइतबार मात्र पक्राउ पूर्जी दिइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले दुवै जना प्रहरी जवानलाई अन्य अभियुक्तसँगै मिल्ने गरी म्याद मिलान गरिएको अनलाइनखबरलाई बताए । प्रकरणमा देवान पटेल, विजय पटेल, निलेश पटेल, कौशल पठेल, उमेश श्रेष्ठ, मनिष मल्लिक र सन्दिप गुरुङ गुरुङ यसअघि नै पक्राउ परिसकेका थिए ।

पक्राउ पर्ने मध्ये गुरुङ तस्कर समूहले नागढुंगाबाट भाग्न प्रयोग गरेको ट्याक्सीका चालक हुन् । उनलाई सुनकाण्डबारे कुनै जानकारी छैन । यद्यपि, प्रहरीले संगठित अपराधमा म्याद थपेको छ । अनुसन्धान अधिकृतहरुले भने उनलाई बयान गराएर छाड्ने बताएका छन् ।

घटनामा प्रहरीकै मिलेमतो पाइएपछि अहिले यो प्रकरणको चर्चा भइरहेको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहाल पनि प्रहरी प्रशिक्षण प्रतिष्ठानमा तानिएका छन् ।

उनलाई विभागीय कारबाही गर्ने एसएसपी शुशिलकुमार यादव नेतृत्वको समितिले तयारी गरिरहेको छ ।

यो पनि पढ्नुस् 

सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन

सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा

सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?

सुनकाण्डमा ‘डबल–क्रस’ : सुराकीको प्रहरी र तस्कर दुवैतिर साँठगाँठ

सुनबारे थाहै नभएका व्यक्तिलाई संगठित अपराधमा म्याद थप, गाडी धनी फरार

सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ

सुन प्रकरण : एक किलो सुन जस्तो देखिने धातु बरामद

दरबारमार्गका डीएसपी रञ्जन दाहाल जिम्मेवारीबाट हटाइए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment