Comments Add Comment

लकडाउन अवधिमा सुदूरपश्चिममा ७७ महिला बलात्कृत

१९ साउन, डोटी । नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेयता असार मसान्तसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशमा ७७ वटा बलात्कार घटना भएका छन् । बलात्कृत हुनेहरुमा १८ बालिका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले तयार गरेको तथ्याङ्कअनुसार चैत्र महिनामा १४, वैैशाखमा १५, जेठमा २३ र असारमा २५ महिला बलात्कृत भएका हुन ।

कैलालीमा सबैभन्दा बढी ४१ महिला बलात्कृत भएका छन् । यस जिल्लामा चैत्रमा ६, बैशाखमा ८, जेठमा ११ र असारमा ४१ जना बलात्कृत भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक मुकेशवहादुर सिंहले जानकारी दिए । उनका अनुसार कैलालीमा बैशाखमा चार र असारमा आठ गरी १२ जना बालिका बलात्कारको शिकार भएकी छन् ।

यस्तै कञ्चनपुरमा तीन बालिकासहित १५ बलात्कृत भएका छन् । चैत्रमा तीन, वैशाखमा तीन, जेठमा ६ र असारमा तीनजना बलात्कृत भएका हुन् ।

प्रदेशका सात पहाडी जिल्लाहरुमध्ये यो अवधीमा सबैभन्दा बढी बलात्कारका घटना बाजुरामा भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार यस जिल्लामा चैत्रमा दुई, वैशाखमा एक, जेठमा तीन र असारमा एक गरी सात घटना भएका छन् ।

यस्तै दार्चुलामा वैशाखमा एक, जेठमा दुई र असारमा एक गरी चार घटना, अछाममा वैशाखमा एक, जेठमा एक र असारमा दुई गरी चार, बैतडीमा चैत्रमा एक र असारमा एक गरि दुई, बझाङ्गमा चैत्रमा दुई, डडेल्धुरामा असारमा एक र डोटीमा वैशाखमा एक बालिकामाथि बलात्कार भएको छ । अछाममा बलात्कृत भएकाहरुमध्ये दुई बालिका हुन् ।

करणी उद्योगका २७ घटना

लकडाउनको अवधिमा जवरजस्ती करणी उद्योगका २७ घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

चैत्रमा चार, वैैशाखमा ६, जेठमा पाँच र असारमा १२ जवरजस्ती करणी उद्योगका घटनाहरु भएका छन् । कैलालीमा १३, कञ्चनपुरमा पाँच, डडेल्धुरामा तीन र बैतडीमा एक घटना भएको छन् । यस्तै दार्चुलामा एक, डोटीमा एक, अछाममा दुई र बाजुरामा एउटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । बझाङ्गमा भने करणी उद्योगको घटना छैन ।

जवरजस्ती करणी उद्योगबाट पीडित हुनेहरुमा कैलालीमा तीन, डोटीमा एक र बाजुरामा एक गरी पाँच बालिका छन् ।

बहुविवाहका १८ घटना

यस अवधिमा बहुबिवाहका १८ मुद्धा आएको प्रहरी बरिष्ठ उपरीक्षक सिंहले जानकारी दिए ।

उनकाअनुसार कैलालीमा १०, कञ्चनपुरमा दुई, डडेल्धुरामा एक र बैतडीमा एक बहुविवाहका मुद्धा आएका छन् । यस्तै बझाङ्गमा दुई, अछाममा एक र डोटीका एक बहुविवाहका मुद्धा आएका सिंहले वताए ।

यस अवधिमा कैलालीमा र डोटीमा एक एक गरी दुई बालबिवाहका घटनाहरु भएका छन् । कैलालीमा र कञ्चनपुरमा एक/एक गरी दुई बालयौन दुराचारका घटनाहरु भएका छन् ।

मानव बेचबिखन चार, अपहरण, शरीर बन्धक तथा जवरजस्ती करणी एक, जातीय तथा लैङ्गकि विभेद् एक, सार्वजनिक अपराध एक, अभद्र व्यवहार दुई र गर्भपतन सम्बन्धी एक मुद्धा दर्ता भएको छ ।

यस अवधिमा ३० जना महिलाको भवितव्यमा परी ज्यान गएको छ । कर्तव्य ज्यानमा तीन जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment