Comments Add Comment

पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

२० साउन, वीरगञ्ज । पर्सामा नेपाली सेना, चिकित्सक, पत्रकार गरी थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ जना महिलासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए । उनका अनुसार संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका छन् । नेपाली सेना, चिकित्सक, कन्ट्याक्ट ट्रेसिङमा परेका, पत्रकार लगायतमा कोरोना संक्रमण देखिएको छ ।

अधिकांश संक्रमित वीरगञ्ज महानगरपालिकाका छन् । ३४ जनामध्ये २३ जना वीरगञ्ज महानगरपालिकाका, ३ जना नेपाली सेना, ३ जना पोखरिया नगरपालिकाका, १ जना जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा सुर्खेत र सर्लाहीका १/१ जना संक्रमित भएका छन् ।

नेशनल मेडिकल कलेज र बयोधा अस्पतालमा कार्यरत दुई जना चिकित्सकमा पनि कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज–११ रानीघाट घर भई बयोधा अस्पतालमा कार्यरत ३४ वर्षीय र सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा कार्यरत २८ वर्षीय चिकित्सकमा कोरोना संक्रमण देखिएको हो । नारायणी अस्पतालको फार्मेसीमा काम गर्ने ३० र ४३ वर्षका पुरुष पनि संक्रमित छन् ।

चण्डी प्रसाद गणमा कार्यरत २८, ३० र ३४ वर्षका ३ जना नेपाली सेना, २२ वर्षीय पत्रकार, वडा प्रहरी कार्यालय विर्ताका २० वर्षीय थुनुवामा समेत संक्रमण देखिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरिया नगरपालिका–२ का २० र १६ वर्षीया महिला, वीरगञ्ज–१३ का १८ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

पेड पीसीआर गराएका बाराको कलैयाका २९, वीरगञ्ज–१० का ३६, वीरगञ्ज–९ गणेश टोलका १८, वीरगञ्ज–१६ का ३४, वीरगञ्ज–२ छपकैयाका ३२, वीरगञ्ज–१४ का ४५ र २५ वर्षीय तथा जिराभवानी गाउँपालिका सेढवाका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको फेटा–४ का २८ वर्षीय र सर्लाहीको मलंगवा ८ का ४८ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

वीरगञ्ज–२२ मनियारी, वीरगञ्ज–२२ पर्सौनी, वीरगञ्ज–१३ शिवनगर र वीरगञ्ज–४ विर्ताका एक-एक जना पुरुषमा कोरोना देखिएको छ ।  वीरगञ्ज–११ श्रीपुर र वीरगञ्ज कुम्हालटोलका एक–एक जना महिलाको पनि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment