Comments Add Comment

अमेरिकामा कमजोर बन्दै गएको छ कोरोना : ट्रम्प

२० साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) कमजोर बन्दै गएको बताएका छन् । उनले पछिल्लो एक सातामा अमेरिकामा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतको कमी आएको बताए ।

साथै ट्रम्पले अन्य धेरै मुलुकको तुलनामा अमेरिकाको अवस्था राम्रो रहेको बताए । अमेरिकी समाचार वेबसाइट एक्सिओससँगको अन्तर्वातामा उनले संक्रमितको अनुपातमा हुने मृत्युको आधारमा अमेरिकाको अवस्था युरोपको भन्दा राम्रो भएको बताए ।

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार नाघेको अवस्थामा राष्ट्रपति ट्रम्पको यस्तो भनाइ आएको हो । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ४७ लाख नाघिसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment