Comments Add Comment

पर्साको जगरनाथपुरबाट ३५ केजी चरेस बरामद

२१ साउन, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले बुधबार ३५ केजी लागूऔषध चरेस बरामद गरेको छ ।

जगरनाथपुर गाउँपालिका–६ झक्रा मसियानी टोलबाट सशस्त्र प्रहरीको टोलीले ७० वटा प्याकेटमा रहेको ३५ केजी चरेस बरामद गरेको हो । तर चरेश कसको हो र कहाँ लैजान लागेको हो खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

गण्डक नहरको बाटो भएर जानकीटोला हुँदै चरेस भारत लैजान लागेको गोप्य सूचनाको आधारमा सो परिमाणको चरेस बरामद भएको सशस्त्र प्रहरी बेसक्याम्प पोखरियाका प्रहरी निरीक्षक हरित बढुवालले जानकारी दिए । सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि तस्कर समूह चरेसको पोका छाडेर भागेको उनले बताए ।

३५ किलो चरेश सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment