Comments Add Comment

अमेरिकामा नेपालीद्वारा सन्चालित सुविधा पसल शीर्ष स्थानमा

डिसी । अमेरिकामा नेपालीद्वारा सन्चालित सुविधा सुलभ पसल अमेरिकामै शीर्ष स्थानमा पुगेपछि सम्मानित भएको छ ।

अमेरिकाभर हरेक वर्ष बजार सर्भेक्षण गरी शीर्ष १ सय स्थानसम्म रहने सुलभ पसलहरुलाई सि–स्टोर म्यागजिन नामको पत्रिकाले सम्मान गर्दछ । यसै सिलसिलामा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मुख्यालय रहेको नेपालीद्वारा सन्चालित ‘क्विक ट्रयाक सुलभ पसल १०० स्थानभित्र परेर सम्मानित भएको हो ।

उक्त पत्रिकाका अनुसार गत वर्ष २०१९ मा नेपालीद्वारा सन्चालित क्विक ट्रयाक सुलभ पसल समूह जस्ता ९,४१९ मध्ये १६४ औं स्थानमा आएको थियो । तर २०२० मा क्विक ट्रयाक सुलभ पसल समूह जुलाई २०२० अन्त्य सम्म ७२ औं स्थानमा उक्लिन सफल भएको छ ।

सुविधा पसल समाचार अर्थात् कनभिनियन्स स्टोर न्यूजका अनुसार नेपालीद्वारा सन्चालित क्विक ट्रयाक इन्क २०२० को शीर्ष १० मध्ये पहिलो स्थानमा पुगेको छ ।

उक्त पत्रिकाले क्विक ट्रयाकलाई यस वर्षको वर्षको सबैभन्दा ठूलो (बिगेस्ट मुभर अफ द ईयर) प्रेरक शक्ति भन्दै सम्मान गरेको छ । यस्तो सम्मान स्थान विशेषको आधारमा छनौट गरी सम्मान गरिन्छ ।

क्विक ट्रयाक सुलभ पसल समूह (क्विक ट्रयाक इन्क)का संस्थापक तथा सन्चालक ड्यालस टेक्ससका सफल व्यवसायी पासाङ्ग लामा हुन् ।

उनीसँग हाल यस्ता कनभिनियन्स स्टोर (सुलभ पसल) कूल १०२ वटा छन् भने ८० वटा उनीबाटै सन्चालित छन्, जहाँ सवारी साधनको ग्यास (इन्धन) पनि बेचबिखन गरिन्छ ।

लामाको पुर्ख्यौली घर रामेछाप हो भने उनी धनकुटा देब्रेवासका हुन् । उनी अध्ययनको लागि धनकुटाबाट काठमाडौँ र काठमाडौँबाट अमेरिका २३ वर्ष अगाडि आएका हुन् ।

उनले १६ वर्ष अगाडिदेखि व्यवसाय सुरु गरेका हुन् । यो सम्मानले हौसला र अझ राम्रो गर्नु पर्छ भन्ने प्रेरणा मिलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment