Comments Add Comment

आज जोर नम्बरका गाडीमात्र चलाउन पाइने, ट्राफिक जाम उस्तै

बिहीबार बिहान सवारीलाई रोकेर सोधपुछ गर्दै ट्राफिक प्रहरी । तस्वीर : चन्द्र आले/अनलाइनखबर

२२ साउन, काठमाडौं । काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ ।

आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

निर्णय कार्यान्वयन गराउन बिहानैदेखि काठमाडौंका सडकमा ट्राफिक प्रहरीहरु परिचालित भएका छन् । उनीहरुले बिजोर नम्बरका सवारी साधन चलाउनेहरुलाई बिहानभर सम्झाइ बुझाइ गरेका छन् । ‘बुधबार बेलुकाको निर्णय भएकाले कतिपयलाई थाहा नहुन सक्छ त्यही भएर बिहान सम्झाइबुझाइ गर्ने गरेका हौं,’ ट्राफिक प्रहरीका एक जना अधिकारीले भने । दिउँसोदेखि भने कडाइ गर्ने उनले बताए ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका अनुसार काठमाडौं उपत्यका र दुई सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा जोर–बिजोर लागु गरिएको छ ।

आज बिजोर नम्बरका गाडी चलाउन रोक लगाइँदा पनि काठमाडौं उपत्यकाको सडकमा सवारी साधनको चाप उस्तै देखिएको छ ।

गृह मन्त्रालयले अत्यावश्यक ढुवानीबाहेकका गाडीहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौं उपत्यकामा प्रवेश निषेध गरेको छ ।

साथै दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा पनि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment