Comments Add Comment

६ महिनासम्म किस्ता तिर्नु नपर्ने सवारी कर्जा पाइने, सिप्रदी र एनआईसी एसिया बैंकबीच सम्झौता

काठमाडाैं । टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र एन आई सी एसिया बैंक बिच सवारी कर्जा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिप्रदीका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया तथा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरे ।

यस सम्झौता अन्तर्गत अब टाटा गाडिका खरीदकर्ताहरुले पहिलो ४ देखि ६ महिना सम्मको किस्ता वापतको रकम नतिर्नु पर्ने भएको छ, भने पहिलो वर्षको वार्षिक व्याजदर परिवर्तन हुने छैन । साथै मात्र ८.२५५ वार्षिक व्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्नेछन् । यस कर्जाको अवधि ८ वर्षसम्मको हुनेछ ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का देशभरी रहेका सम्पुर्ण डिलरहरुबाट उपलब्ध हुनेछ । यी अतुलनिय सेवा सुविधा टाटा मोटर्सका अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरुमा उपलब्ध रहेका छन ।

आफ्ना ग्राहक महानुभावहरुको सुविधाका लागि कम्पनीले यसप्रकारको विशेष किस्ता प्याकेज १ वर्षसम्म उपलब्ध गराउने छ । साथै यो योजना स्टक रहुन्जेल सम्म मात्र लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment