Comments Add Comment

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ६३८ संक्रमित थपिए

७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट धनुषा र सिन्धुपाल्चोकका एक/एक जनाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । क्षयरोग र निमोनियाका बिरामी रहेका उनको पछिल्लो १८ दिनदेपख आईसीयूमा उपचार भइरहेको थियो ।

यस्तै  साउन २२ गते मृत्यु भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

कहाँ कति थपिए संक्रमित

मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४६२ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा काठमाडौं उपत्यकामा मात्र १३४ जना कोरोना संक्रमित भेटिएका छन् ।

काठमाडौंका ११०, ललिपतुरका १६ र भक्तपुुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्साका ७०, मोरङका ४२, सर्लाहीका ४१, बाराका ३९, रुपन्देही र सुनसरीका ३३/३३ जना, धनुषाका २४, रौतहटका २०, कपिलवस्तुका १८, प्युठानका १७, उदपयपुरका १६, सप्तरी र सिराहाका १३/१३, महोत्तरीका १२, धादिङका ११, झापाका १० र दाङका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की र सुर्खेतका ५/५ जना, काभ्रे ४, चितवन र नुवाकोटका ३/३ तथा पर्वत, सल्यान, दैलेख, बाग्लुङ, तनहुँ, नवलपरासी र ओखलढुंगाका २/२ मा संक्रमण देखिएको छ ।

यस्तै रामेछाप, धनकुटा, रुकुम पश्चिम, सिन्धुपाल्चोक, खोटाङ, स्याङ्जा, अछाम, अर्घाखाँची, दोलखा, इलाम, जाजरकोट, कालीकोट, पाँचथर, दार्चुला, बर्दिया, मकवानपुर र गोरखाका १/१ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment