Comments Add Comment

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

२८, साउन, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

भदौ एक गतेबाट नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी रजिष्ट्रार कार्यालयका प्रवक्ता एवं उपरजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए ।

अनलाईन प्रणालीपछि नयाँ कम्पनीको प्रवन्धपत्र र नियमावलीको दुई प्रतिबाहेक अन्य कागजी विवरण कार्यालयमा पेश गर्न नपर्ने प्रवक्ता गैरेले बताए । यसरी दर्ता हुने नयाँ कम्पनीको छुट्टै कागजी फायल तयार नगरिने  र ती कम्पनीको पुनः काम गर्नु पर्दा अनलाईन अभिलेखलाई नै अधार मानिने कार्यालयले जनाएको छ ।

पुराना कम्पनीले बुझाउनुपर्ने सबै विवरण पनि भाद्र १ गतेदेखि अनलाईनमार्फत नै बुझाउन मिल्ने व्यवस्था गरिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयमा बुझाउन नपर्ने सक्कल कागज पत्र कम्पनीले आफ्नो कार्यालयमा सुरक्षित राख्नु पर्नेछ ।

यस्तै सेयर लगत अभिलेख पनि कम्पनी रजिष्ट्रारले विद्युतीय प्रति नै राख्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment