Comments Add Comment

हेटौंडमा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु, एकजना घाइते

२९ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौं‌डा-३ स्थित बसामाडीको तीनताप्के भन्ने स्थानमा ट्रक र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अटोमा सवार मनहरी गाउँपालिका-५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र  ३५ वर्षीय अमृत लोप्चन रहेका छन् । घाइते अटो चालक मनहरी गाउँपालिका-५ बसन्तपुर बस्ने ४७ वर्षीय ठुलोकान्छा खड्काको चुरेहिलमा उपचार भइरहेको छ ।

मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना २ ह ३४६६ अटो बिहीबार ठोक्किँदा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment