Comments Add Comment

राखेप बोर्ड सदस्यले लिए शपथ

छिटै अरु सदस्य पनि नियुक्त हुने मन्त्रीको भनाइ

१ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त बोर्ड सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

त्रिपुरेश्वरस्थित राखेपको हलमा सोमबार भएको एक कार्यक्रममा ६ जना बोर्ड सदस्यले शपथ लिएका हुन् । युवा तथा खेलकुदमन्त्री तथा राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले उनीहरुलाई शपथ खुवाएका हुन् ।

नयाँ ऐनअनुसार बोर्डमा नियुक्त भएका रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठले शपथ लिएका हुन् ।

रानाभाट र निराला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञमध्यबाट सदस्य मनोनित भएका हुन् भने राष्ट्रिय खेल संघको सिफारिसमा अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठ मनोनित भएका हुन् ।

यस्तै परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी गोविन्दप्रसाद भट्टराईलाई बोर्ड सदस्यमा मनोनयन गरिएको हो।

युवा तथा खेलकुदमन्त्री विश्वकर्माले साउन १५ गते विभिन्न क्षेत्रबाट ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेका थिए । त्यसको दुई साताभन्दा लामो समयपछि मात्रै उनीहरुले शपथ लिएका हुन् ।

बोर्ड सदस्यहरुलाई शपथ गराएपछि मन्त्री विश्वकर्माले छिटै बोर्डका बाँकी सदस्यहरु पनि नियुक्त गर्ने र बोर्डले पूर्णता पाउने बताए । उनले नयाँ खेलकद ऐनअनुसार र सदस्यहरु नियुक्त हुने बताए । सदस्य नियुक्तिका लागि तयारी भइरहेको उनको भनाइ छ ।

नयाँ खेलकुद ऐनअनुसार राखेप ३७ सदस्यीय हुनेछ । जसमा नेपाल सरकार क्याबिनेटले पनि ९ सदस्य मनोनयन गर्नेछ ।

युवा तथा खेलकुदमन्त्री विश्वकर्माले लामो समयदेखि खेलकुद क्षेत्रमा देखिएको समस्या र विकृतिहलाई सुधार गर्न नयाँ ऐनले मार्गनिर्देशन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment