Comments Add Comment

सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण

२ भदौ, काठमाडौं । सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गर्दा मंगलबार एक जनामा कोरोना संक्रमण पुष्टि भएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ ।

सर्वोच्चमा गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् ।

योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि एक जना गाडीचालक र एक न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना महामारीको त्रास बढेसँगै अघिल्लो हप्तादेखि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिट र अरु केही जरुरी मुद्धाहरु तथा पेशी, तारेख लिनेजस्ता काममात्र सञ्चालन गरेर अरु काम रोकेको छ । तर अहिले पनि पेशी तारेख लिन र सार्वजनिक चासोका विषयमा रिट लिएर सर्वोच्च अदालत आउनेको संख्या धेरै छ ।

इजलासकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चका कर्मचारीमा त्रास देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment