Comments Add Comment

अमेरिकाको निर्वाचन प्रकाश र अन्धकारको युद्ध : बाइडन

५ भदौ, काठमाडौं । अमेरिकाको राष्ट्रपति निर्वाचनको लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडनले राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म अमेरिकालाई अन्धकारमा राखेको आरोप लगाएका छन् ।

बाइडनले आगामी निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वीसमेत रहेका ट्रम्पले ‘धेरै क्रोध, धेरै भय र धेरै विभाजन’ फैलाएको आरोप लगाएका छन् । ७७ वर्षीय बाइडन करिब पाँच दशकको राजनीतिक अनुभवबाट आएका व्यक्ति हुन् ।

अहिलेसम्मको सबै मत सर्वेक्षणमा बाइडन ट्रम्पभन्दा स्पष्टरुपमा अघि छन् । यद्यपि अझै पनि निर्वाचन आउन ७५ दिन बाँकी छ । विपक्षी रिपब्लिकनको लागि बाइडनसँगको अन्तर घटाउन अझै पनि धेरै समय छ ।

अहिले अमेरिकामा निर्वाचन प्रचारको काम भइरहेको छ । सोही क्रममा जो बाइडनको यस्तो भनाइ आएको हो । उनी आफ्नो निवास रहेको विलिंटनबाट बोलिरहेका थिए । यहाँको कार्यक्रम स्थल खाली थियो । कोरोना भाइरसको संक्रमण रोक्न कार्यक्रम स्थलमा मानिसहरु जम्मा नगरिएको हो ।

उक्त कार्यक्रममा उनले भने, ‘म सबैलाई यो वचन दिन्छु कि राष्ट्रपति पदमा निर्वाचित भए सबैभन्दा राम्रो काम गरेर देखाउनेछु । म प्रकाशको सारथी बन्नेछु, अन्धकारको होइन ।’

‘यो हाम्रो लागि, हामी अमेरिकी जनताको लागि, एक बन्ने र कुने गल्ती गर्न नहुने समय हो । यो नोभेम्बरले धेरै कुराको तय गर्नेछ । हामी एकजुट भएर अमेरिकाको यो अन्धकारको यात्रा समाप्त गर्न सक्छौं । हामीले डरभन्दा माथि आशा, कल्पनाभन्दा माथि तथ्य र विशेषधिकारभन्दा माथि निष्पक्षता चयन गर्नेछौँ’, उनले थपे ।

ट्रम्पलाई लक्षित गर्दै बाइडनले भने, ‘हामीले क्रोधले भरिएको त्यो बाटो पनि चउन गर्न सक्छौं, जहाँ आशा कम र विभाजन बढी छ, अन्धकार र सन्देह छ । अथवा हामी अर्को छुट्टै बाटो चयन गर्न सक्छौँ जसबाट सुधार हुन सक्छ, हामी एकजुट हुन सक्छौँ, आशा र प्रकाश हुनेछ । यो जीवन बदल्ने चुनाव हो । हामीले यसबाट अमेरिकाको भविष्य कस्तो हुन्छ भनेर तय गर्न सक्छौँ ।’

ट्रम्पलाई चार वर्षको समय दिँदा उनले जिम्मेवारी नलिएको, नेतृत्व लिन अस्वीकार गरेको, हरेक कुरामा अरुलाई दोष दिएको र घृणा र विभाजन फैलाएको बाइडनको आरोप छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment