Comments Add Comment

हैदर र नसिम पाकिस्तानी टी-२० टोलीमा

५ भदौ, काठमाडौं । इंग्लयाण्डविरुद्धको टी-२० सिरिजका लागि बाबर अजामको कप्तानीमा पाकिस्तानी टोली घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले शुक्रबार घोषणा गरेको १७ सदस्यीय टोलीमा दुई जना अनक्याप्ट खेलाडीसमेत रहेका छन् । हैदर अली र निसम शाहले टी-२० आई खेल्न बाँकी रहेको छ ।

हाल इंग्ल्याण्ड टुरमा रहेको पाकिस्तानले घरेलु टोलीसंग ३ खेलको टी-२० सिरिज खेल्ने तालिका छ । त्यसअघि ३ पाकिस्तान र इंग्ल्याण्डबीच ३ खेलकै टेष्ट सिरिज चलिरहेको छ । जसमा शुक्रबारदेखि तेस्रो टेष्ट सुरु भएको छ ।

टी-२० सिरिज म्यानचेष्टरमा अगष्ट २८ देखि सुरु हुनेछ । पहिलो खेल अगष्ट २८ मा हुनेछ भने दोस्रो खेल अगष्ट ३१ र तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।

सिरिजका लागि आयन मोर्गनको कप्तानीमा इंग्ल्याण्डको टोली यसअघि नै घोषणा भइसकेको छ ।

पाकिस्तानी टोली

बाबर अजाम (कप्तान), फकर जमन, हैदर अली, हरिस राउफ, इफ्तिखर अहमेद, इमाद वासिम, खुशदिल शाह, मोहम्मद हाफिज, मोहम्मद हासनेन, मोहम्मद रिजवान, मोहम्मद अमिर, नसिम साह, सरफराज अहमेद, शदाब खान, शाहिन शाह, अफ्रिदी सोएब मलिक, वाहव रियाज ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment