Comments Add Comment

ग्लोबल आइएमई बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक संकेत बोर्ड हस्तान्तरण

७ भदौ, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।

एक कार्यक्रममा बैंकको गाइघाट शाखाका प्रवन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै शाखा प्रवन्धक दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यलय उदयपुर लाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको २० थान ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।

बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment