Comments Add Comment

दर्शकमाझ स्थापित हुने कोशिशमा रिस्ता

नायिका रिस्ता बस्नेतले हालैमात्र एक सिरिजको छायांकन सकिन् । बसन्त निरौलाको निर्देशनमा तयार भएको सिरिजको रिलिज मिति टुंगो लागेको छैन । तर, यो सिरिजबाट उनी उत्साहित छिन् । दुई साता लगाएर बसन्तले केही हप्ता अगाडि धुलिखेलको एक रिसोर्टमा यो सिरिजको छायांकन सकेका हुन् ।

नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडि स्थापित हुने क्रममा रहेकी नायिका रिस्ता बस्नेत बिचमा हराइन् । निरन्तर चलचित्र असफल भएपछि उनले आफू चुजी भएको तर्क प्रस्तुत गरिन् । यसपछि, फेरि कला क्षेत्रमा चलमलाउन थालेकी रिस्ताले एक हिन्दी गीतको म्यूजिक भिडियोमा काम गरेपनि यसले खासै चर्चा पाएन ।

उनले केही म्यूजिक भिडियोमा पनि काम गरिन् । म्यूजिक भिडियोले पनि आशातित चर्चा नपाउँदा रिस्तालाई अझै स्थापित हुन सकस परिरहेको छ ।

लकडाउनको समयमा चलचित्र क्षेत्र नै अस्तव्यस्त भएको अवस्थामा धेरै कलाकारको भविष्य नै के हुने हो भन्ने अवस्था छ । रिस्ताले केही म्यूजिक भिडियो, वेव सिरिजमा काम गरेकी छिन् । पुनः दर्शकमाझ स्थापित हुनका लागि उनी कोशिश गरिरहेकी छिन् । तर, के उनले सफलता पाउलिन् त ? पर्खनै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment