Comments Add Comment

रुकुम पश्चिममा एउटै कार्यालयका ९ कर्मचारीमा कोरोना संक्रमण

कन्ट्याक्ट ट्रेसिङमा समस्या

८ भदौ, सुर्खेत । रुकुम पश्चिमको एक सरकारी कार्यालयका प्रमुखको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप ९ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन २८ गते बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम गएका ती कार्यालय प्रमुखको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप ९ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए ।

उनका अनुसार जिल्लामा पहिलो पटक एउटै कार्यालयका ९ जनामा संक्रमण देखिएको हो । कार्यालयका अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि ट्रेसिङमा समस्या भएको छ । ‘सेवाग्राहीको ठेगाना अझै पत्ता लगाउन सकिएको छैन । तर, ठूलो संख्याको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने देखिन्छ’ उनले भने ।

रुकुम पश्चिममा सोमबार मात्रै १८ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये १० जना सरकारकी कार्यालयका कर्मचारी, तीन जना सुरक्षाकर्मी, दुई जना भारतबाट आएका र तीन जना सानीभेरी गाउँपालिकाका वासिन्दा रहेको कोरोना फोकल पर्सन रावलले जानकारी दिए ।

संक्रमितको संख्या बढेपछि मुसिकोट नगरपालिकामा संक्रमित व्यवस्थापनमा समस्या भएको छ । जिल्ला अस्पताल र आठबीसकोटमा मात्र आइसोलेसन छ । एकै पटक १८ जना संक्रमित थपिएपछि उनीहरुलाई अस्पतालको तालिम हलमा राखिएको छ ।

६ बेडको आइसोलेसन रहेको जिल्ला अस्पतालमा मुश्किलले ९ जना राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment