Comments Add Comment

सुदन र मेलिनाको ‘उडी जाने जेट’

गायक सुदन गैरे र गायिका मेलिना राइको अवाजमा समावेश ‘उडी जाने जेट’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ । लेखु सहयात्रीको शब्द तथा सुवास भुषालको संगीतमा समावेश यो गीतलाई डान्सिङ शैलीमा तयार पारिएको छ ।

यो गीतको भिडियोमा एलिसा शर्मा र भिजु पार्कीको नृत्य हेर्न सकिन्छ । भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविन भट्टको सम्पादन छ ।

भिडियोको छायांकन नेपाल, अष्ट्रेलिया र अमेरिकामा गरिएको छ । गणेश शाहीको निर्देशनमा यो भिडियो तयार भएको हो । गायक गैरेले यसअघि ‘सानी’ नामक गीत सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment