Comments Add Comment

जापानमा समुद्री आँधीमा कार्गो पानीजहाज बेपत्ता

१८ भदौ, काठमाडौं । जापानको अमामि-ओसिमा टापुनजिकै पूर्वी चीन सागारमा आएको तुफानमा परी ४३ जना क्रु सदस्य र करिब ६ हजार गाई बोकेको कार्गो पानीजहाज बेपत्ता भएको छ । जापानी समुद्री सुरक्षाकर्मीले यो जहाजका एकजनाको उद्धार गरिएको बताएको छ ।

अहिले अन्य मानिसहरु र पानीजहाजको खोजी कार्य भइरहेको छ । सो क्षेत्रमा अहिले ठूलो समुद्री छाल र आँधी आइरहेको छ । जापानी समुद्री सुरक्षाकर्मीका अनुसार उद्धार गरिएका व्यक्तिले पानीजहाज तुफान अउनुभन्दा पहिला नै पानीजहाजको इन्जिनमा खराबी देखिएको बताएका छन् । पानीजहाजमा फिलिपिन्सका ३९, न्युजिल्याण्डका दुई र अष्ट्रेलियाका दुईजना क्रु सदस्य थिए ।

उक्त पानीजहाज अगष्ट १४ मा न्युजिल्याण्डबाट चीनतर्फ लागेको थियो । १७ दिनमा जहाज चीन पुग्ने अपेक्षा थियो । तर, बुधबार राति यो पानीजहाज जापानको दक्षिणी क्षेत्रमा रहेको अमामि-ओशिमा टापु नजिकै आइपुगेको थियो । पूर्वी चीन सागरबाट आएको मायसक तुफानमा परी पानीजहाज बेपत्ता भएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment