Comments Add Comment

तीन महिनामा न्युजिल्याण्डमा कोरोनाबाट पहिलो मृत्यु

१९ भदौ, काठमाडौं । न्युजिल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) बाट तीन महिनाभन्दा लामो समयपछि एक जनाको मृत्यु भएको छ ।

न्युजिल्याण्डका स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार कोरोना भाइरसबाट संक्रमित ५० वर्षको दशकका एक व्यक्तिको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । उनी गत महिना अकल्याण्डमा फैलिएको दोस्रो लहरको संक्रमणको क्रममा संक्रमित भएका थिए ।

न्युजिलयाण्डमा कोरोना भाइरसको कारण गत मे २४ यता कसैको पनि मृत्यु भएको थिएन । यससँगै न्युजिल्याण्डमा कोरोना भाइरकिो कारण मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

न्युजिल्याण्ड कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन सफल मुलुक हो । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्या पनि एक हजार ७६४ पुगिसकेकोछ ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment