Comments Add Comment

काठमाडौं उपत्यकामा ४५४ संक्रमित थपिए

१९ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् । १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ५९ संक्रमित थपिएका हुन् । देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १३ सय ५४ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment