Comments Add Comment

पर्यटनमन्त्रीले गरे एसिड पीडित बालिका खातुनलाई नगद सहयोग

२१ भदौ, काठमाडौं । संस्कृृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जन्मदिनको उपलक्ष्यमा एसिड पीडित बालिका मुस्कान खातुनलाई नगद सहयोग गरेका छन् ।

मन्त्री भट्राईको सचिवालयका अनुसार भट्टराईले उनलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरेका छन् । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार जारी रहेको छ ।

कक्षा ९ मा अध्ययनरत खातुनको अध्ययन खर्चमा सहयोग पुग्ने गरी जन्मदिनको अवसर पारी मन्त्री भट्टराईले नगद सहयोग गरेको सचिवालयले जनाएको छ ।

उनले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिए । आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न आग्रह समेत उनले गरे ।

केही दिन अगाडि खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए । सचिवालयका अनुसार मन्त्री भट्टराईले २०७२ सालबाट हरेक वर्ष जन्मदिनको दिन असहाय, पिडित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment