Comments Add Comment

जीतबहादुर केसीलाई एनएनआईपीएको सहयोग

२१ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले नेपालको पहिलो अन्तर्राष्ट्रिय पदकधारी जीतबहादुर केसीलाई सहयोग गरेको छ ।

गत साता कोरोना संक्रमण पुष्टि भएका केसीलाई एनएनआईपीएले उनकै घरमा पुगेर सहयोग हस्तानतरण गरेका हुन् ।

एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट घरमै पुगेर सामाजिक दुरी राख्दै केसीको अवस्था जानकाकरी लिएका थिए ।

७२ वर्षे केसीले कोरोना संक्रमण भए पनि आफूलाई कोरोनाको कुनै लक्षण भने नदेखेको बताएका छन् । गत साता केसीलाई कोरोना संक्रमण देखिएको थियो ।

काठमाडौं महानगरपालिका १४ कलंकी राना गाँउ घर भएका केसी परिवारका साथ बस्दै आएका छन् । केसी र उनको परिवारको आइतबार पीसीआर परीक्षण हुने बताइएको छ ।

खेलाडी संघले केसीलाई २ बोरा चामलसहित अन्य खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment