Comments Add Comment

उपत्यकाका ३२६ जनामा कोरोना संक्रमण पुष्टि

२२ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा  देशभर ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई १७ सय ३६ जना डिस्चार्ज भएका छन् । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment