Comments Add Comment

कर्णालीमा २५ कोरोना संक्रमित थपिए

२२ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगसालामा गरिएको पीसीआर परीक्षणमा सोमबार २५ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार सुर्खेतका आठजना, दैलेखका पाँचजना, मुगु र बाँकेका दुई/दुईजना, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, बर्दिया, अछाम, तेहथुम र जुम्लाका एक/एकजनामा संक्रमण पुष्टि भएको छ । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २६७४ पुगेको छ ।

साथै, कर्णालीमा सोमबार थप १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३१७ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३५१ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment