Comments Add Comment

विवेकशील दलमा गाभियो सहकारी पार्टी

२३ भदौ, काठमाडौं । विवेकशील नेपाली दलले सहकारी पार्टीलाई आफूमा गाभेको छ । दुई पार्टीबीच हालै सम्मिलन सम्झौतामा हस्ताक्षर भयो ।

यो सम्मिलनसँगै विवेकशील नेपाली दलले सुसंस्कृत राजनीतिको केन्द्र बनाउने उद्घोष गरेको छ ।सहकारी पार्टी नेपाल राजनीतिमा सहकारी संस्कृति स्थापित गर्ने उद्देश्य लिएर २०७० सालदेखि देखी सक्रिय थियो । यसको नेतृत्व हिरामणि पौडेलले गरेका थिए ।

सम्मिलन सम्झौतापत्र अनुसार एकीकृत दलको नाम ‘विवेकशील नेपाली दल’ नै रहने र विधान र राजनीतिक दस्ताबेज पनि विवेकशील नेपाली दलकै कायम रहने छ ।

२०७६ कात्तिकमा विवेकशील नेपाली दलको नीति तथा राष्ट्रिय सम्मेलनबाट निर्वाचित सङ्घीय समिति बिस्तार गर्दै सहकारी पार्टीका केन्द्रीय पदाधिकारीलाई सम्मिलित गरिने सहमति भएको छ । अन्य तहगत नेतृत्वका हकमा क्षमता र योग्यताका आधारमा उचित जिम्मेवारी प्रदान गरिने सम्झौता पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment