Comments Add Comment

ब्यापारीमा कोरोना देखिएपछि सुर्खेतको छिन्चु बजार ७ दिन सिल

२३ भदौ, सुर्खेत । स्थानीयमा कोरोना संक्रमण देखिएपछि सुर्खेतको छिन्चु बजार सिल गरिएको छ । जिल्लाकै दोस्रो व्यापारिक केन्द्र  छिन्चु बजार स्थानीय प्रशासनले एक साताका लागि सिल गरेको हो ।

मंगलबार राति १२ बजेदेखि भदौ ३० गते राति १२ बजेसम्मका लागि बजार सिल गरिएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् ।

‘स्थानीय व्यवसायीमा नै कोरोना संक्रमण देखिएपछि जोखिम बढेको छ,’ उपप्रमुख आचार्यले भनिन, ‘मंगलबार बसेको सर्वपक्षीय बैठकले एक साताका लागि बजार पूर्णरूपमा सिल गर्ने निर्णय गरेका छौं ।’

उपप्रमुख आचार्यका अनुसार स्थानीय एक व्यापारीका परिवारका पाँचजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बजारको पूर्वमा चिप्लेखोला, पश्चिममा भेरी पुल, उत्तरमा राताचौर र दक्षिणमा हर्रे क्षेत्रभित्र बन्द गरिएको उनले बताइन् ।

बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गरिने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment