Comments Add Comment

लुम्बिनी प्रादेशिक अस्पतालको एनआईसीयू बन्द

२३ भदौ, बुटवल । स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताको नवजात शिशुको उपचार गरिने कक्ष ( एनआईसीयू ) बन्द गरिएको छ ।

एनआईसीयू विभागमा कार्यरत दुई जना स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीमा मंगलबार कोरोना पोजेजिभ रिपोर्ट आएपछि सेवा बन्द गरिएको हो ।

यसअघि पनि उक्त विभागका पाँजनामा कोरोना देखिएको र अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीमा ज्वरोसहित कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाले जोखिम बढ्न नदिन सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

शंकास्पद सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गरी आउने रिपोर्टका आधारमा सेवा कहिले शुरु हुने भन्ने यकिन हुने डा. गौतमले बताए । अस्पतालले सूचना निकालेर एनआईसीयू शाखालाई निर्मलीकरण गर्नका लागि अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment