Comments Add Comment

मालान बने टी- २० को नम्बर वान ब्याट्सम्यान

२४ भदौ, काठमाडौं । इंग्ल्याण्डका क्रिकेटर डेविड मालान टी-२० क्रिकेटको नम्बर वान ब्याट्सम्यान बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको पछिल्लो वरियतामा मालान पाकिस्तानका बाबर अजामलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् ।

अष्ट्रेलियाविद्धको टी-२० सिरिज २-१ ले जित्दा इंगल्याण्ड टिमबाट उत्कृष्ट प्रदर्शन गरेका मालानले वरितामा पनि फड्को मारेका हुन् ।यसअघि उनी पाँचौं स्थानमा थिए । सिरिजमा उनले एक अर्धशतकसहित सर्वाधिक १२९ रन बनाएका थिए ।

सिरिजको पहिलो खेलमा उनले ६६ रन बनाएका थिए । मालानले पाकिस्तानका अजामभन्दा ८ रेटिङ अंक बढी पाएका छन् ।

अष्ट्रेलियाका कप्तान आरोन फिन्च भने तेस्रो स्थानमा यथावत छन् । भारतीय खेलाडी केएल राहुल दुई स्थान तल झर्दै चौथो र न्यूजिल्याण्डका कलिन मनरो एक स्थान तल झर्दै पाँचौ स्थानमा छन् । अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सवेल छैटौं स्थानमा यथावत छन् ।

बलिङतर्फको वरियतामा अफगानिस्तानका स्पिनर रसिद खान शीर्ष स्थानमा यथावत रहँदा अफगानिस्तानकै अर्का स्पिनर मुजिव उर रहमान दोस्रो स्थानमा यथावत छन् ।

अलराउण्डरतर्फ पनि अफगानिस्तानकै मोहम्मद नावी पहिलो स्थानमा छन् । यस्तै म्याक्सवेल एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लेका छन् ।

इंग्ल्याण्डसंग सिरिज गुमाए पनि अन्तिम खेल जितेपछि अष्ट्रेलिया टी-२० टिममा शीर्ष वरlयतामा फर्कन सफल भएको छ । सुरुवाती दुई खेल हारेपछि रेटिङ अंक बराबर भए पनि इंग्लयाण्ड शीर्ष स्थानमा थियो ।

टी-२० वरीयतामा नेपाल भने १६ औं स्थानमै यथावत छ । यस्तै वरीयताको शीर्ष सय भित्र नेपालका दुई खेलाडी मात्र छन् । पारस खड्का ब्याट्सम्यानतर्फ ७० औं स्थानमा छन् भने सन्दीप लामिछाने बलरतर्फ ८० औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment