Comments Add Comment

भोक हड्ताल बसेका पूर्वमन्त्रीको गुनासो – घर पनि जान दिइएन

२४ भदौ, जनकपुरधाम । प्रहरीको थुनाभित्र मृत्यु भएका विजय रामको हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका पूर्वमन्त्री विश्वेन्द्र पासवानले आफूलाई प्रहरीले होटलमा बन्दी बनाएको आरोप लगाएका छन् ।
उनले आफूलाई सिरहाको मिर्चैयास्थित होलिडे होटलभित्र राखेको बताएका छन् । ‘घर जान खोज्छु, घर पनि जान दिइरहेको छैन’ उनले भने ।
रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि आमरण अनसन बसेका पासवानलाई १८ भदौको राति प्रहरीको टोलीले धरान पुर्‍याएको थियो । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि प्रहरीले उनलाई धरान लगी उपचार गराएको थियो ।
चार दिनअघि उनलाई सिरहा ल्याइएको छ । सिराहामै स्वाब संकलन गरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आउँदा पनि होटलको एउटा कोठाभित्र पासवानलाई राखिएको उनका स्वकिय सचिव रोशन पासवानको भनाइ छ । अहिले पासवानलाई शरीरमा कुनै समस्या नरहेपनि घर जान पनि रोक लगाएको रोशनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment