Comments Add Comment

मोरङमा संक्रमितको संख्या दुई हजार नाघ्यो

२४ भदौ, विराटनगर । मोरङमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार थप ८० जना संक्रमित थपिएसँगै मोरङमा संक्रमितको संख्या २ हजार ४६ पुगेको छ ।

संक्रमण पुष्टि भएकामध्ये २४ जनाको मृत्यु भइसकेको छ । १ हजार २ सय २८ जना उपचाररत छन् । मृतकमध्ये ६ महिला र १८ जना पुरुष छन् ।

बुधबार प्रदेश १ मा १५५ कोरोना संक्रमित थपिएका थिए । मन्त्रालयका अनुसार बुधबारसम्म प्रदेश १ मा ४ हजार ४१२ संक्रमित छन् ।

तीमध्ये मोरङमा २ हजार ४६, सुनसरीमा ११ सय ५३, झापामा ७०५, उदयपुरमा १२० जना संक्रमित छन् ।

मन्त्रालयका अनुसार ताप्लेजुङमा १३, पाँचथरमा २३, इलाममा ८९, धनकुटामा ४६, तेह्रथुममा २८, संखुवासभामा ४०, खोटाङमा २२, भोजपुरमा १८, सोलुखुम्बुमा ८ ओखलढुंगामा २४ जना संक्रमित छन् ।

संक्रमितमध्ये १ हजार ९ सय ४८ जना संक्रमण मुक्त भएका छन् । ४३ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment